रौतहट । टिपरको ठक्करबाट गए राती रौतहटमा एक जना मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिकास्थित हिमालीबासमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा चालकको घटनास्थल मैं मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लास्थित लक्ष्मीनिया बस्ने खेदु चौधरी रहेका छन् । ना.८.ख.४२०२ नम्बरको टिपरले राती करिब पौने ९ बजेको समयमा ना.१८.प.८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
टिपरका चालक हाल फरार रहेको र चालकको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीनिया बिजयपुरका प्रहरी निरिक्षक विष्णु बिश्वकार्माले जानकारी दिएका छन् । दुर्घटनामा संलग्न टिपर र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिकृया




