प्रधानमन्त्रीले बाेलाएकाे सर्वदलीय बैठकमा एमाले नजाने

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुईवटा कारण देखाउँदै नजाने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा निम्ता गर्न एमाले अध्यक्ष ओलीलाई फोन गरेका प्रधानमन्त्री देउवालाई प्रतिपक्ष दलसँग सल्लाह नगरी बैठक बोलाएको र संसद गतिरोध हलका लागि पहल नगरेको दुईवटा कारण देखाएर सहभागी हुन नसक्ने जवाफ दिएका छन्।

प्रधानमन्त्री देउवाले औपचारिकता निभाउनका लागि मात्र निम्तो गरेकाले एमाले सर्वदलीय बैठकमा उपस्थित नहुने जानकारी अध्यक्ष ओलीले दिएका छन्।

शनिबार साँझ फोन गरेर बैठकमा आउन आग्रह गरे पनि ओलीले एमालेसँग विभाजित भएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरुलाई अझै स्वीकार नगरेका कारण उनीहरू उपस्थित बैठकमा नआउने प्रस्ट पारेका छन्।

नेकपा एमाले विभाजित गरी नेकपा (एस) गठन गर्दा पार्टीको सिफारिसअनुसार सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना टाँस नगरेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ।

१०औं महाधिवेशनमा समेत नेकपा (एस)लाई निमन्त्रणा नदिएको एमालेले आफ्नो माग सम्बोधन नभएको भन्दै प्रधानमन्त्री देउवाले बोलाएको सबै सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ।

प्रधानमन्त्री देउवाले आइतबार अपरान्ह ४ बजे वालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस