डढेलो निभाउन खोज्दा भिरबाट लडेर मृत्यु

डोल्पा । जङ्गलमा लागेको डढेलो निभाउन खोज्दा भिरबाट लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका-१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ ।

हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते भएका लामालाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । डढेलो भने अझैं नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले जानकारी दिए । हेलिकोप्टर भाडा समेत लामा परिवारले तिर्न सकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य