सुनको मूल्य तीन सयले बढ्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार आठ सय रुपैयाँ कायम भएको हो।

तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७९ हजार एक सय ३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपाल उद्योग परिसंघको महानिर्देशकमा ओझा नियुक्त

काठमान्डौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी …

प्रतिकृया दिनुहॊस