काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।
त्यसैगरी मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर ११९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




