मंगलबार सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक सयले घटेर ९१ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १२०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस