मंगलबार सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक सयले घटेर ९१ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १२०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य