मछिन्द्र र आर्मीबीचकाे खेल गोलरहित बराबरीमा

साबिक सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले जारी लिगमा गोलरहित बराबर खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा भएको दोस्रो चरणको अन्तिम खेलमा दुवै टोलीले गोलरहित बराबर खेल्दै अंक बाढेका हुन्।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

दुवै टोलीले खेलमा आक्रामक फुटबल खेले पनि सफल हुन सकेनन्। खेलको म्यान अफ दि म्याच आर्मीका सेसेहाङ आङदेम्बे घोषित भए।

खेलसँगै मछिन्द्रले २ खेलबाट ४ अंक बनाएको छ। यता, लगातार दोस्रो बराबरसँगै आर्मीले दुई खेलबाट २ अंक जोडेको छ।

दोस्रो चरणको समाप्तिसँगै मनाङ मर्स्याङ्दी क्लब ६ अंकसहित शीर्ष स्थानमा छ। तेस्रो चरणको खेल अब शुक्रबारबाट सुरु हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य