कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि मङ्सिर १४ गते पुनः मतदान हुने

नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि दोस्रो चरणको मतदान मङ्सिर १४ गते हुने भएको छ। नेपाली कांग्रेसको मङ्गलबार बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

पदाधिकारी चयनका लागि मङ्सिर २ गते पार्टीको निर्वाचन भए पनि सभापति चयन हुन सकेको थिएन। जिल्ला सभापतिमा तीन जनाको उम्मेद्वारी परेपछि कांग्रेसको विधानअनुसार कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसक्दा नेतृत्व चयन हुन नसकेको हो।

पार्टीको विधानअनुसार सभापतिमा दुई वा सोभन्दा बढी उम्मेद्वार भएको खण्डमा कुनै पनि उम्मेद्वारले कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ। यदि ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सहमतिबाट सभापति चयन गर्न सक्ने र सहमति पनि नभएको खण्डमा पुनः निर्वाचन गर्नु पर्ने व्यवस्था रहेको छ।

जिल्ला सभापतिका लागि नाम्गेलजाङ्बु शेर्पा, विनोदकुमार बस्नेत र रामबहादुर बस्नेतको उम्मेद्वारी परेको थियो। कूल मतदाता ९२४ मध्ये ८८२ मत खसेको थियो। सोमध्ये विनोदकुमारले ४२८ मत, नाम्गेलजाङबुले ४१८ र रामबहादुरले पाँच मत प्राप्त गरेका थिए। सबैभन्दा कम मत प्राप्त गरेका उम्मेद्वार रामबहादुर स्वतः बाहिएसँगै अबको निर्वाचनमा नाम्गेलजाङबु र विनोदकुमारबीच प्रतिस्पर्धा हुने भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

गोदावरीका मेयर महर्जनसहित १४ विरुद्ध १ अर्ब ४ कराेड विगो मागदावी गर्दै भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको …

प्रतिकृया दिनुहॊस