सानिमा बैंकद्वारा दीर्घायु बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला कल्पना लामा तामाङलाई सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।

बीमाको रकम मृतककी श्रीमती कल्पना लामा तामाङलाई सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंकमणि बराल र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजी ढकालले संयुक्तरुपमा हस्तान्तरण गरे।

स्वर्गीय राजु लामा तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दीर्घायु तलब बचत खाता खोलेका थिए।

सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, रु ५० हजारसम्मको स्वास्थ्य बीमा, रु १० हजार बराबरको ओपिडि सेवा र ५ हजारसम्मको स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. संचालनमा छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस