७.९० अंकले वृद्धि भयाे नेप्से परिसूचक

साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से सोमबार सामान्य वृद्धि भएको छ। निकै उतार चढावका बिच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको हो। नेप्से परिसूचक ७.९० अंकले बढेर २ हजार ७६५.४३ अंकमा पुगेको छ।

आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो। आइतबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स १.२१ प्रतिशत घटेर ५१९.४६ अंक भएको छ। त्यस्तै फ्लोट इण्डेक्स ०.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६ अंकले बढेको छ।

आइतबारको कारोबारमा आएका २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से १३ उपसमूह मध्ये पाँच उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने अन्य ८ उपसमूहको मूल्य बढेको छ। जसमा बैंकिङ समूहको २.८९ अंक, ट्रेडिङ १५.८३ , होटल तथा टुरिजम १४९.७६, जलविद्युत १०.९२, निर्जीबन बीमा ९९.४८ बढेको छ।

त्यस्तै, माइक्रोफाइनान्स १४.५७, जीवन बीमा समूहको उपसूचक ७.०८, विकास बैंक ३४.९९, उत्पादन तथा प्रशोधन २४.९१ अंकले घटेको छ। आज सबै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमबार पनि सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्था छ। मानुषीको शेयर १० प्रतिशतले बढेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस