प्रचण्डसँग सहकार्य गर्ने सहमति भएको भोलिपल्टै विप्लवले भेटे नारायणकाजी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज बिहान नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सँग भेटवार्ता गरेका छन् । विभिन्न नेपाली कम्युनिस्ट पार्टीका नेताहरूलाई भेट्ने क्रमकै शिलशिलामा विप्लवले नेता श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

यसअघि हिजो (शनिबार) मात्र विप्लवले माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । त्यस क्रममा दुई नेताबीच कार्यकर्ता तहसम्म सहकार्य गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नागरिकता त्यागेका पूर्वकर्मचारीको पेन्सन रोकियो

काठमाडौं । नेपाली नागरिकता त्यागिसकेका पूर्वराष्ट्रसेवकहरूको पेन्सन गत साउनदेखि रोकिएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि उनीहरूले नवीकरण गर्न सकेका छैनन् । विदेशको नागरिकता लिइसकेको भए पनि विगतमा पुरानो नागरिकताकै आधारमा उनीहरूले पेन्सन नवीकरण गर्दै आएका थिए । तर, गत साउनदेखि २८ जिल्लामा पेन्सन नवीकरणका लागि परिचयपत्र अनिवार्य गरेपछि उनीहरूको सुविधा रोकिएको हो ।

प्रतिकृया दिनुहॊस