नेपाल बारद्वारा प्रधानन्यायाधीशको वार्ता प्रस्ताव अस्वीकार, आन्दोलन थप सशक्त बनाउने

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । बार महासचिव लीलामणि पौडेलले आइतबार सर्वोच्च अदालत परिसरमा दंगा प्रहरी प्रयोग गरेर अदालतकै परिवार कानुन व्यवसायीमाथि चरम दमन भएको बताएका छन् ।

त्यसैको विरुद्धमा आफूहरूले आन्दोलनलाई थप कडा पार्ने उनले चेतावनी दिए । ‘हामीमाथि प्रहरी दमन भएको छ । प्रहरीका बुट प्रहार भएका छन् । त्यसविरुद्ध आइतबार देशभरका सबै अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेक सबै मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका छौं । यो प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि भएको दमनका विरुद्धमा हो । सोमबारबाट हाम्रा नियमित पुरानै आन्दोलनका कार्यक्रमले निरन्तरता पाउने छन्’, उनले भने ।

उनले सोमबार संसदमा सरिक सबै दललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको समेत बताएका छन् । मंगलबार देशभरका सबै अदालतमा अन्तिम हदम्याद भएको मुद्दा बाहेक अरू कुनै पनि मुद्दा मामिलालगायत कुनै पनि काम नगरिने उनले बताए ।

उनले बुधबार देशभरका १८ वटा उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पठाएर त्यो अदालतका क्षेत्राधिकार भित्रका अरू अदालतका कानुन व्यवसायीलाई एकै ठाउँमा भेला पारेर वृहत् विरोध सभा कार्यक्रम आयोजना गरिने बताएका छन् । बिहीबार र शुक्रबार भने काठमाडौं केन्द्रित आन्दोलनलाई सशक्त बनाइने बताएका छन् ।

यसका साथै उनले प्रधानन्यायाधीशले वार्ताका लागि पठाएको पत्रको कुनै नरहेको बताएका छन् । उनले प्रधानन्यायाधीशको राजीनामा मागिरहेको र बेन्चसमेत नतोक्न भनेको अवस्थामा अब वार्तामा बस्नुको कुनै अर्थ नहुने बताएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस