१८ औं हस्तकला व्यापार मेलाको आधिकारिक बैंकिङ पार्टनरमा नबिल बैंक

नबिल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिरदेखि ५ गतेसम्म हायात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ।

नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरे।

नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिंदै यस वर्षसमेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ। महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैकिङ्ग दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको हो। यो साझेदारीले नेपालमा हस्तकला क्षेत्रको विकासमा सहयोगी बैंकको रुपमा नबिल बैंकको प्रतिबद्धतालाई झल्काउँदछ।

एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ्ग पार्टनरको रुपमा सहभागी हुन पाउँदा गर्वभान्वित महसुस गरेको बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभागका प्रमुख नीरजकुमार बस्नेत डनिलले बताए। साथै, यसवर्ष कोभिड १९ महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुनर्रुत्थान गर्न आर्थिक पहुँच पुर्याई दक्ष जनशक्तिको रोजगारी सुनिश्चित गर्न सहयोग हुने समेत बस्नेतले बताए।

नेपाली हस्तकला उद्यम र व्यवसाय प्रवर्द्धनका लागि आयोजना गरिने राष्ट्रियस्तरका व्यापार मेलाहरुमा महासंघसँग नेपालको अग्रणी नबिल बैंक लिमिटेडले निरन्तररुपमा गरिआएको सहयोग र सहकार्यले उद्यमी एवं समस्त हस्तकला व्यवसायलाई ऊर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले बताए। साथै, आगामी दिनमा समेत नबिल बैंकबाट निरन्तर सहयोग र सहकार्य हुने अपेक्षा व्यक्त गरे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत …

प्रतिकृया दिनुहॊस