रामदेव पुगे प्रचण्ड निवास खुमलटार, सीताको स्वास्थ्यलाभको कामना

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न काठमाडौँ आइपुगेका बाबा रामदेव अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

उनी सहकर्मी आचार्य बालकृष्णका साथमा बेलुका प्रचण्ड निवास पुगेका थिए । रामदेवसहितको टोलीले खुमलटारमा अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीतासहित प्रचण्डका परिवारसँग भेट गरेको हो । रामदेव र आचार्य बालकृष्णले बिरामी रहेकी प्रचण्डपत्नी सीतालाई स्वास्थ्यलाभको कामना गरे ।

रामदेव र बालकृष्ण आचार्य खुमलटार पुगेर सीतालाई स्वास्थ्यलाभ दिएको तस्बिर प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले सामाजिक सञ्जालमा राखेकी छिन् । उनीहरूले पतञ्जली योगपीठले सञ्चालन गर्ने टिभीको उद्घाटन गर्ने कार्यक्रम रहेको भनिए पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

तस्बिर : गंगा दाहाल

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री