जीवेश दाहालले जीते ‘आइएमई डबलको डबलको डबल अफर’

विगत वर्षहरूमा झैँ आइएमईले ०७८ का ठूला चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ।

प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका हुन्। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि एवम् दीपाश्री निरौलाले संयुक्तरूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेका हुन्।

दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत रु एक लाख ५६ हजार ५५८ घर पठाएका थिए। बम्पर पुरस्कारमा उनले पठाएको रकमको आठ गुणा बढी प्राप्त गरेका छन्। वम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताए। उनका घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन्।

कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत २० वर्षदेखि आइएमईले विदेशमा नेपालीले आर्जन गरेको रकम सहजरुपमा घर पठाउने व्यवस्था गर्दै आएको बताए। उनले भने, आइएमईले व्यवसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहलाई विशेष ध्यान दिएको छ । विप्रेषण दैनिक उपभोगमा अधिक खर्च भएको छ, त्यसलाई कम गर्दै प्रतिफल दिने दीर्घकालीन परियोजनामा लगानी गर्न आवश्यक छ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीसँगको सम्बन्ध अझ सुमधुर बनाउन र व्यवसाय प्रवद्र्धन गर्न प्रस्तुत कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे। ब्राण्ड एम्बासडरद्वय गिरि र निरौलाले लामो समयदेखि आइएमईसँग आबद्ध हुन पाउँदा आफूहरुलाई खुशी लागेको बताए।

गत असोज गते १ देखि कात्तिक २६ सम्म ५७ दिनका लागि कायम रहेको उक्त सेवाग्राहीमूखी अफरअन्तर्गत आठ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेता गरी जम्मा २१ जना लाभान्वित भएका थिए । यसका साथै आइएमई पे मार्फत रेमिटेन्सको भुक्तानी लिँदा रू. २ सय तत्काल बोनसको व्यवस्थाअन्तर्गत हजारौँ सेवाग्राहीहरू यसबाट लाभान्वित भएका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री