३२.३९ अंकले घट्याे नेप्से परिसूचक

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ अंकमा बन्द भएको छ।

आज सुरुवाती समयदेखि उतारचढाव देखिएको बजार अन्तिम समय आएर केही खस्किएको थियो। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेको छ। सेन्सिटिभ इन्डेक्स ४.२५ अंकले घटेर ५२१.१९ अंकमा बन्द भएको छ।

आज बजारमा ९८ लाख ६२ हजार ९४० कित्ता सेयर कारोबार हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २२९ रुपैयाँ ८४ पैसाको कारोबार भएको छ।

आज नेप्सेमा २२४ कम्पनीको शेयर कारोबारमा आएकोमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ। आज ५ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

त्यस्तै आज १३ वटै उपसमूहमा रातो पोतिएको छ। आज सबैभन्दा बढी गुमाउनेमा हाइड्रो २.८४ प्रतिशत, व्यापार २.१७ प्रतिशत र विकास बैंक २.०२ प्रतिशत रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री