एमाले महाधिवेशनः प्रचार प्रसारका लागि ७७ जिल्लामै मोटरसाइकल र्याली

नेकपा (एमाले) को १० औं महाधिवेशनको प्रचार–प्रसारका लागि देशभर मोटरसाइकल र्याली हुने भएको छ। दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचार–प्रसारका लागि देशव्यापी रुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली गरिने बताएका हुन्। र्याली मंसिर ७ गते हुनेछ।

महाधिवेशन प्रचार–प्रसार सहयोग समिति चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेषगरि काठमाडौं–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्याली गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार मंसिर १० गते १२ बजे नारायणगढ जाऔं भन्ने आह्वान गर्न र्याली आयोजना गर्न लागिएको हो। वागमती, लुम्बिनी र प्रदेश नं २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्यालीको संयोजन हुने सो अवसरमा जानकारी दिइएको थियो।

मंसिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। एक जिल्ला एक स्वागतद्वार निर्माणमा जोड दिइएको उनले जानकारी दिए। मुख्यगरी पूर्व–पश्चिम-उत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिकाहरु, मुख्य बजारहरुमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ।

संयोजक भट्टराईले दर्जनौं देशका राजनीतिक दलका प्रतिनिधिलाई महाधिवेशनमा निमन्त्रणा गरिएको बताए।
प्रचारप्रसार सहयोग समिति गठन
यसैबीच महाधिवेशनको प्रचारप्रसारलाई थप व्यवस्थित गर्न १० औं महाधिवेशन प्रचारप्रसार सहयोग समिति गठन गरिएको छ। प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय चितवन समिति गठन गरिएको हो। समितिको सहसंयोजकमा एमाले नेता केशव रेग्मी र सचिवमा पत्रकार तिलकराम रिमाल रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस