बुधबार शेयर बजार परिसूचक नेप्से १६.९५ अंकले बढेर २८०१.५२ अंकमा बन्द भएको छ।
सुरुवाती समयदेखि नै उकालो लागेको नेप्से अन्तिम समय आएर केही खस्किएको थियो। यद्यपि आजको बजार करिब १७ अंकले बढेर बन्द भएको छ भने ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बढेको छ। सेन्सिटिभ इन्डेक्स ३.९८ अंकले बढेर ५२५.४४ अंकमा बन्द भएको छ।
आज बजारमा एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर कारोबार हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८१९ रुपैयाँ ६५ पैसाको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा केही वृद्धि भएको हो ।
आज नेप्सेमा २२४ कम्पनीको शेयर कारोबारमा आएकोमा ९४ कम्पनीको मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ। आज ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
त्यस्तै आज १३ वटा मध्ये ६ वटा उपसमूहमा रातो पोतिएको छ। आज सबैभन्दा बढी कमाउने मा अन्य उपसमूह ५.२९ प्रतिशत, हाइड्रो २.२४ प्रतिशत रहेको छ भने सबैभन्दा बढी गुमाउनेमा विकास बैंक रहेको छ।




