प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभा बैठकमा उनले ५० मत प्राप्त गरेर संसद्को विश्वास पाएका हुन्।
प्रदेश एकमा जम्मा ९२ जना प्रदेशसभा सदस्यहरू रहेका छन्। आजको बैठकमा भएको मतदानमा सभामुखबाहेक ७९ जनाको उपस्थिति रहेको थियो। जसमध्ये ५० मत राईको पक्षमा आएको थियो भने २९ मत विपक्षमा आएको थियो।
यससँगै प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ।
तपाईंको प्रतिकृया




