कांग्रेसमा नेतृत्व परिवर्तन जरुरी छः प्रकाशमान सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व परिवर्तन जरुरी रहेकाे बताएका छन्। यस्तै उनले सरकार न्यायालयमा भइरहेको विवादको मुकदर्शक भएर बस्न नमिल्ने पनि बताए।

बुधबार विराटनगर पुगेका नेता सिंहले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्मत तरिकाले नै समाधान गर्नुपर्ने बताएका हुन्। एक, दुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाइ थियो।

‘न्यायालय स्वतन्त्र निकाय हो। सरकार न्यायापालिकामा भइरहेको विवादको मुक दर्शक हुनु हुँदैन। विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गर्नु पर्दछ।’ नेता सिंहको भनाइ थियो।

साथै उनले वर्तमान स्थितिमा अर्लि इलेक्शनको सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताए। उनले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनेसमेत दोहोर्याए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

देशभर निरन्तर घनघोर वर्षा, जलसतह खतरास्तरभन्दा माथि

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी …

प्रतिकृया दिनुहॊस