मुख्यमन्त्री पाण्डेविरुद्ध डोरमणि: विदेशी व्यापारीको कमिसनमा महत्त्वपूर्ण योजना रोकेको आरोप

वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारमा आएलगत्तै सुरुङमार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगित गरेको विरोधमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल उत्रिएका छन्।

बाग्मतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय सवारी खरिद र भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती भएको बताएका हुन्।

पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विद्युतीय सवारी खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने, देशलाई गरिब नै बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित राष्ट्रघाती निर्णय हो।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री