अहिलेको सरकार स्वार्थहरूको गठबन्धन हाे: शंकर पोखरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको सरकार स्वार्थहरूको गठबन्धन रहेको बताएका छन्। पोखरेलले सर्वोच्च अदालतमा चलिरहेको विवादले सरकार के भन्ने प्रष्ट भएको बताएका हुन्। धनकुटाको छिन्ताङमा नेकपा एमालेले आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले गठबन्धनका विरुद्ध जनता जाने बताएका छन्। उनले कम्युनिस्ट पार्टीमा नेता कार्यकर्ताका आधारमा केपी ओली नेता भएको बताउँदै एमाले जनतामा आधारित पार्टी निर्माण भएको र अझै सुदृढ हुने बताए ।

पोखरेलले माओवादी केन्द्रसँग एकता हुँदा पार्टीको संगठनात्मक जीवन खल्बलिएको बताउँदै अबको यात्रा दक्षिणपन्थी र अवसरवादका विरुद्ध हुने बताए।

उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले समाजवादको कुरा गरेर कांग्रेसको पाउमा चढाएको र प्रचण्डको नेतृत्वमा समाज विभाजन हुन खोजेको आरोप लगाए। उनले प्रचण्ड पार्टी एकताको बाधक बनेको बताउँदै एमाले जनतामा आधारित कार्यकर्ताहरूको पार्टी भनेर महाधिवेशनबाट सन्देश दिने बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप