सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीबीचको छलफल निष्कर्षविहीन

सर्वोच्च अदालतका ११ न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ।

नेपाल बारका उपाध्यक्ष रक्षा बस्यालले ११ जना न्यायाधीशसँग समसामयिक विषयमा छलफल भएको र भोलि फेरि बस्ने गरि छुट्टिएको बताइन्। उनका अनुसार न्यायालय शुद्धीकरणका विषयमा छलफल भए पनि आज कुनै टुंगो लागेन।

छलफलका नेपाल बारका तर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल र महासचिव लिलामणि पौडेल तथा सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे सहभागी थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार चार सातादेखि आन्दोलनमा छ भने न्यायाधीशहरुले पनि मुद्दा हेरेका छैनन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस