अदालतको समस्यालाई कांग्रेसले समाधान गर्नु पर्छ: गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अदालतमा भएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्नुपर्ने बताएका छन्।

सोमबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन्।

त्यस्तै आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा आफू विश्वस्त भएको उनले बताएका छन्। थापाले निर्वाचन आयोगलाई बारम्बार दबाब दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताएका छन्।

नेता थापाले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामूहिक क्षयीकरणको प्रमाण भएको बताए। उनले नेपाली कांग्रेसका नेताहरू पार्टीभित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक पटक चुकेको जिकिर गरेका छन्।

नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके कांग्रेस अब आउने निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री