तीर्थालु चढेको बोलेरो दुर्घटना : चार जनाको मृत्यु, १४ घाइते

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालि-९ बुलडाँडामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा १४ जना घाइते छन् । ओखलढुङ्गाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश-३-०१-०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको ओखलढुङ्गाका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार दुर्घटनामा वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका-१० बेतिनीका स्थानीय हुन् । तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख काफ्लेले बताए । उनकाे नाम खुल्न बाँकी छ ।

ककनीमा एकादशी मेला भर्न जिल्लाका अधिकांश ठाउँबाट मानिसहरू जाने गर्दछन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइसकिएको काफ्लेले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री