काठमाडौं । काठमाडौंमा आज मौसम बदलीका अवस्था रहेको मौसमविदले बताएका छन् । बिहानबाट नै बदलीरहेको काठमाडौंको मौसम दिउँसो पनि बदली हुनेछ ।
काठमाडौंमा आज बिहान ६ बजेको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस रहेको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए । उनका अनुसार काठमाडौंमा दिउँसो तापक्रम बढेर २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने छ ।
आज देशका धेरै स्थानमा आंशिक बदली हुने छ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । मौसमविद् प्रधानाङ्का अनुसार अझै केही दिन वर्षा र भारी हिमपातको सम्भावना रहेको छैन ।
तपाईंको प्रतिकृया




