प्रधानन्यायाधीश वैकल्पिक बाटो प्रयोग गर्दै सर्वोच्च छिरे

नेपाल बार एसोसिएसनले राजीनामा माग्दै अदालत प्रवेशमा रोक लगाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेट प्रयोग गरेर अदालत प्रवेश गरेका छन्।

कानुन व्यवसायीले सर्वोच्च प्रवेश गर्ने मुल ढोका र महान्यायाधिवक्ता कार्यालय अघिका दुईवटा गेटमा धर्ना दिएपछि जबरा तेस्रो गेटबाट प्रवेश गरेका हुन्।

जबरा अघिल्ला ढोका बन्द भएपछि एनेक्स भवनपट्टीको गेटबाट अदालत प्रवेश गरेका हुन्। यसअघि उनले निवासबाटै मुद्दाको पेसी तोकेका थिए।

अदालत छिर्न सर्वोच्च अदालतअघि दुईवटा, नेपाल बार एसोसिएसन कार्यालय छेउमा अर्को, महान्यायाधिवक्ता कार्यालयभित्रबाट छिर्ने अर्को सानो ढोका र सिंहरदरवार भित्र रहेको अदालतको एनेक्स भवनमा अर्को गेट छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री