काेराेना अपडेटः २९५ जनामा संक्रमण पुष्टि, ४७८ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ४७८ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २६० जना र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी २९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४७१ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १६ हजार ६७५ र एन्टीजेनबाट ९५ हजार ७२ पुगेको छ।

नेपालमा हाल ७ हजार २७८ जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौं उपत्यकामा आज ११८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज काठमाडौंमा ७९, ललितपुरमा ३३ र भक्तपुरमा ६ संक्रमित थपिएका हुन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप