९ अर्बले घट्यो निक्षेप संकलन, कर्जा लगानी कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले कर्जा प्रवाह गरिरहँदा निक्षेप भने घटिरहेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार अघिल्लो साताको तुलनामा यो साता ९ अर्बले निक्षेप घटेको हो ।

बैंकहरुले कार्त्तिक १७ गतेसम्ममा ४२ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । जुन अघिल्लो एक साता अघिको तुलनामा ९ अर्ब रुपैयाँले घटी हो । बैंकले गत कार्त्तिक १२ गतेसम्ममा ४२ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको थियो ।

तर यहीं अवधिमा कर्जा प्रवाह भने बढेको छ । कात्तिक महिनामा मात्रै यी बैंकले थप २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोज मसान्तसम्म कुल ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा कात्तिक १७ गतेसम्म आउँदा ४० खर्ब २५ अर्ब पुगेको छ । कातिक महिनामा निक्षेप घट्दा बैंकहरूमा लगानी योग्य रकमको अभाव हुन थालेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री