डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन”मा स्पेन घुम्ने दुई भाग्यशाली घोषणा

डिशहोमले यस वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ।

गत असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभी, सिम टिभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए।

कार्तिक १७ गते बुधबार गरिएको लक्की ड्र मार्फत प्रभु टिभी जडान गर्ने काठमाडौंका धुर्व कार्की (CasID 2549606982) र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई (CasID 02564177952) छानिएका हुन्।

यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभी, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो। बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन्।

यो “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अझै पनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बजेटको आकार १८ खर्ब ६० अर्ब, कुन शीर्षकमा कति ?

काठमाडौँ । सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको बजेट …

प्रतिकृया दिनुहॊस