काठमाडाैँ । । हेटौंडा–१९ नेवारपानीमा देउसी खेलिरहेको टोलीलाई गाडीले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार राति पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको रजैया सडकखण्डमा गुडिरहेको बसले देउसे टोलीलाई किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनामा ७-८ जना गम्भीर घाइते भएको स्थानीयको भनाइ छ । घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेलिरहेकालाई ठक्कर दिएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।
तपाईंको प्रतिकृया




