बेलायतमा देउवा र मोदीबीच आज अनौपचारिक भेटवार्ता

काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्याण्डको ग्लास्गोमा औपचारिक भेटवार्ता हुँदैछ ।

यसअघि हिजो जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो । सम्मेलन उद्घाटनका क्रममा सोमबार दुबै नेताबीच अनौपचारिक भेटवार्ता भए पनि द्धिपक्षीय भेटवार्ता भने मंगलबार हुने परराष्ट्र मन्त्रालयले जनाएको हो । जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीका अतिरिक्त बृटिस प्रधानमन्त्री बोरिस जोन्सन, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्व नेताहरुसँग अनौपचारिक भेटघाट गरेका छन् ।कोरोना भाइरसको संकट हटिनसकेको सन्देश दिन नेताहरुले कुहिनो जोडाएर अभिवादन साटासाट गरेका थिए । सम्मेलनलाई प्रधानमन्त्री देउवाका अतिरिक्त अध्यक्षीय सम्बोधन बृटिस प्रधानमन्त्री जोन्सन, अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री मोदी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, राष्ट्रसंघीय महासचिव गुटरेस लगायतले सम्बोधन गरेका थिए । सम्बोधनमा नेताहरुले विश्व तापमानलाई १.५ डिग्री सेल्सियसमा कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

असार २९ गते पाँचौंपल्ट प्रधानमन्त्री बनेयता देउवाले भारतका प्रधानमन्त्री मोदीलाई पहिलोपल्ट भेट्न लागेका हुन् । कांग्रेसको सभापतिमा दोहोरिन तयार देउवा भारत सरकार तथा भारतीय जनता पार्टीसँग सम्बन्ध सुधार्ने प्रयासमा छन् । देउवाले अघिल्लो महिना पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतलाई दूतका रुपमा भारत पठाएका थिए । महतले प्रधानमन्त्री देउवाले चाँडै भारत भ्रमण गर्ने संकेत गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री