अन्तर्राष्ट्रिय टी-२० क्रिकेट : रासिद खानले तोडे मालिङ्गाको रेकर्ड

काठमाडौं । अफगानिस्तानका लेग स्पिनर राशिद खान सबैभन्दा छिटो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एक सय विकेट पूरा गर्ने खेलाडी बनेका छन् । टी–२० विश्वकप अन्तर्गत शुक्रबार भएको खेलमा पाकिस्तानका अनुभवी अलराउन्डर मोहम्मद हाफिजलाई आउट गर्दै उनले यो उपलब्धि हात पारेका हुन् । शुक्रबार भएको खेलमा राशिद खानले दुई विकेट लिएका थिए ।

उनले अहिलेसम्म ५३ अन्तर्राष्ट्रिय टी–२० क्रिकेट खेलेका छन् । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट लिने कीर्तिमान यसअघि श्रीलंकाका लासिथ मालिङ्गाको नाममा थियो। उनले ७६ टी–२० खेलमा एक सय विकेट पूरा गरेका थिए ।

एक सय विकेट पूरा गर्ने अन्य खेलाडीमा न्युजिल्याण्डका टिम साउटीले ८२ खेलमा एक सय विकेट लिएका थिए । बंगलादेशका साकिब अल हसनले एक सय विकेटको लागि ८३ खेल खेलेका थिए । राशिद खानको नाममा अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पनि सबैभन्दा छिटो एक सय विकेट लिने कीर्तिमान छ। उनले ४४ एक दिवसीय क्रिकेटमा एक सय विकेट लिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप