१३ अंकले बढ्यो सेयर परिसूचक

काठमाडौँ ।  साताको अन्तिम कारोबार दिन नेप्से सूचक सामान्य अंकले बढेर बन्द भएको छ। ।

साताको शुरुवाती चरणदेखि नै निरन्तर उकालो लागेको बजार आज अन्तिम दिन पनि १३ अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१७ बिन्दुमा पुगेको छ ।

जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले बढी हो । आज  नेश्नल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै २९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नबिल बैंकको २२ करोड ७४ लाख, जीवन विकास लघुवित्तको १८ करोड ४२ लाख र एनआइसी एशिया बैंकको १७ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मिसिका फाउन्डेसनले गर्‍यो विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण

काठामाडौं । मिसिका फाउन्डेसनले चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो …

प्रतिकृया दिनुहॊस