महालक्ष्मी विकास बैँकको शाखा बिराटनगरमा

काठमाडौं । महालक्ष्मी विकास बैँकले शाखा सञ्जाल विस्तार गर्दै लाने क्रममा बिराटनगर महानगरपालिका वडा नं ०२, बिराटनगर, मोरङ्गमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैँकको ७३ औँ शाखा हो । सोही दिन साबिकको महालक्ष्मी विकास बैंकको धादिङ्ग बेशी शाखाको, धादिङ्ग जिल्ला धुनिबेशी नगरपालिका वडा नं ६, धार्केमा स्थानतरण भएको छ ।

त्यसै गरी साबिकको बैंकको लायन्सचोक नारायणगढ स्थित शाखाको स्थानतरण भई हाकिमचोक, चितवनबाट बैकिङ्ग कारोबार सञ्चालनमा आएको हो ।

महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म रु.२६ अर्ब १० करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस