कांग्रेसमा युवापुस्ताले पुरानो पुस्तालाई रिप्लेस गर्न तयार रहनु पर्छ: नेता घिमिरे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले युवा पुस्ता नेतृत्वका लागि सक्षम रहेको बताएका छन्।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन कात्तिक ९ गते सर्लाही पुगेका नेता घिमिरेले सर्लाहीमा पत्रकारसँग कुरा गर्दै अब युवापुस्ताले पुरानो पुस्तालाई नेपाली कांग्रेसमा रिप्लेस गर्न तयार रहेको बताए।

उनले पार्टीका पुराना नेतालाई ‘विश्राम’ लिन आग्रहका छन्। ‘अब पनि हामीलाई विश्वास नगर्ने हो भने परिवर्तन कसरी हुन्छ,’ नेता घिमिरेले भने, ‘अब सम्मानजनक बिदाइ नलिए युवाले बहिर्गमन गर्नेछन्।’

उनले आउँदो १४औं अधिवेशनलाई एकताको सन्देश दिने अधिवेशनको रूपमा युवाले तयारी गर्नु पर्नेमा जोड दिए। नेता घिमिरेकै कुरामा सहमत हुँदै नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीलाई विधान अनुरूप चलाउन युवा एक ठाउँमा उभिनुको विकल्प नरहेको प्रस्ट्याए। नेता पाण्डेले नेतृत्व परिवर्तनमाथि नभई स्थानीय तहबाट नै भए मात्र सम्भव हुने बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

२२९ जना प्रहरी सहायक निरीक्षकमा बढुवा, को-को परे ? (सूची)

काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस