नेपाली दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ SonyLIV र टेलिनेटबीच साझेदारी

काठमाडौं ।सोनी पिक्चर्स नेटवक्र्स ईण्डिया(Sony Pictures Networks India ‘SPNI’) को लोकप्रिय ओटीटी प्लाटफर्म, क्यलथीक्ष्ख् ले टेलिनेट प्रा. लि. सँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङ च्यानल मार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

यो ओटीटी प्लाटफर्म आईओएस (iOS), एण्ड्रोइड र वेवमा उपलब्ध छन् र यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामाग्रीहरुको ठूलो भण्डार समावेस रहेको छ ।

नेपालका ग्राहकहरुलेwww.gfsarena.com वेवसाइटमा गई SonyLIV को सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट – ई–सेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सकिन्छ ।

नेपालमा पहिलो पटक विश्वविख्यात अनडिमाण्ड ओटीटी प्लाटफर्म SonyLIV ले टेलिनेट प्रा. लि. सँग मिलेर आफ्नो सेवा विस्तार गरेको हो ।

यो एक आधिकारिक वितरक – पुनविक्रेता हो । Sony LIV का सव्सक्राइबरहरुले वेवसिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामाग्री, विशिष्ट खेलकुद सामाग्री, आदि यही प्लाटफर्म मार्फत हेर्न सक्नुहुनेछ ।

प्रयोगकर्ताहरुले यी सामाग्रीहरु मोबाइल डिभाइसहरुमा साथै टि.भीमा हेर्न सक्नुहुनेछ भने कुनै पनि सदस्यले ५ वटा सम्म प्रोफाइल बनाउन पाउनुहुनेछ ।
रमेश कर्पको इकाई टेलिनेट प्रा. लि. नेपालमा स्थापित आइटि कम्पनी हो जसले टेलिकम अपरेटरहरुलाई थप सुविधाका साथै एप्लिकेसन डेभलप्मेन्ट, क्लाउड कम्पयुटिङ्ग, एमहेल्थ र नेपालमा एसएमएस र टेलिभोटिङ्ग प्लाटफर्म उपलब्ध गराउँदछ । रमेश कर्प नेपालको एक अग्रणी कम्पनि हो र म्यानुफ्याक्चरिङ्ग डिभाईस, बैकिङ्ग तथा बीमा, खानी, जलविद्युत, सुचना प्रविधि, सवारी साधन र विद्युतीय उपभोग्य साधन जस्ता धेरै क्षेत्रहरुमा विस्तारित कम्पनीहरुको एक समूह हो ।

यस साझेदारीले नेपालमा दुवै साझेदारहरुको थप उपभोक्ता–केन्द्रित उद्देश्यहरुका लागि सँगै काम गर्न नयाँ आयामहरु सुनिश्चित गर्नेछ” टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवान्कुर सुद विश्वासका साथ भन्नुहुन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रदीप र मेलिनाको स्वरमा ‘ओ सानी’

काठमाडौं । प्रदीप पाण्डे र मेलिना राईको स्वरमा रहेको गीत ‘ओ सानी’ सार्वजनिक भएको छ …

प्रतिकृया दिनुहॊस