सिद्धार्थ बैंकले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडाैँ । सिद्धार्थ बैंक ले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८८० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १४.२५ प्रतिशतले हुन आउने १ अर्ब ५६ करोड २१ लाख २७ हजार ६३६ रुपैयाँबराबरको बोनस सेयर रहेको छ।

बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.७५ प्रतिशतले हुन आउने ८ करोड २२ लाख १७ हजार २४४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ।

उक्त लाभांश राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एसबीआई र क्लियरिङ हाउसबिच सीमापार भुक्तानीबारे सम्झौता

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले नेपाल र भारतबिचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ …

प्रतिकृया दिनुहॊस