नेपाल आइपुग्याे फाइजर खाेप

काठमाडाैँ । अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएकाे फाइजरको १ लाख ६२० डोज खोप नेपाल आइपुगेकाे छ । आज बिहान कतार एयरवेजको विमानमार्फत खाेप काठमाडौं आइपुगेको हो ।

अमेरिकाले यसअघि पनि नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार खोप अनुदानमा उपलब्ध गराएको थियो । यो खोप एक डोज मात्रै लगाए पुग्ने खोप हो । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सनका खोप लगाइएको छ ।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले निर्माण गरेको यो खोप १२ वर्षमाथिको समूहमा प्रभावकारी देखिएको छ । यो खोप ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।

फाइजरको खोप दीर्घ रोगीलाई लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । आगामी पुसमा थप ६० लाख डोज खोप आएपछि बालबालिकामा लगाउने तयारी छ । नेपालले ६० लाख डोज फाइजर खोप किन्नको लागि सम्झौता गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप