कञ्चनपुरका बाढी पीडित माझ पुगेर रमेश लेखकले भने,’राहत उपलब्ध गराउन प्रतिबद्ध छु’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले आइतबार कञ्चनपुरका बाढीग्रस्त क्षेत्रमा गएर बाढी पीडितसँग भेटघाट तथा छलफल गरेका छन्। हालै आएको बेमौसमी वर्षाका कारण बाढीबाट जिल्लाको दोधारा-चाँदनी र भीमदत्त नगरपालिकाका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

बाढीबाट सबैभन्दा बढी क्षति भएको दोधारा-चाँदनीको वडा नम्बर ८, ९, १० का बाढी पीडितको भेटमा बाढी पीडितको लागि तत्काल राहत व्यवस्था गर्न सरकार र विभिन्न संघ संस्थासँग पहल गर्ने र दीर्घकालीनरुपमा महाकालीमा बाँध निर्माण भएको ठाउँमा बाँधको उचाइ बढाउने र कुतियाकभरमा बाँध निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

पीडितहरुले बाढीका कारण करोडौंको धानबाली नस्ट भएको र सयौं जना घरबारविहीन भएकाले राहत, पुनर्स्थापना र दीर्घकालीनरुपमा बस्ती जोगाउन पहल गरिदिन आग्रह गरेका थिए।

दोधारा-चाँदनी नगरपालिकाका करिब ३ सय परिवार अहिलेसम्म पनि सरकारी स्कुलमा बसिराखेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री