दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार बेलुकी दुर्घटना परेको थियो। तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दुर्घटनामा परी बसका सहचालक प्रेम परियारको मृत्यु भएको हो।
दुर्घटनामा परेर २८ वर्षका घोराही-१० घर भएका सहचालक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए।
गाडीमा सवार अन्य २१ जना जना घाइते भएका छन्। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना६ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-६ मोतीपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
मोतीपुरको ओरालोमा बस सडकबाट खोलामा खस्दा २१ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
तपाईंको प्रतिकृया




