प्रधानमन्त्रीले जलवायु सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको स्कटल्यान्डस्थित ग्लास्गोमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को उच्चस्तरीय बैठकमा सम्बोधन गर्नुहुने निश्चित भएको छ । सम्मेलन यही कात्तिक १४ देखि २५ सम्म आयोजना हुन लागेको हो ।

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी सो सम्मेलनको महत्त्वपूर्ण भाग ‘वल्र्ड लिडर समिट’लाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका शक्तिशाली मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले सो उच्चस्तरीय बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालको तर्फबाट प्रधानमन्त्री देउवाको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, अर्थ, परराष्ट्र, वन तथा वातावरण मन्त्रालयका उच्च पदाधिकारीको सहभागिता रहनेछ । प्रधानमन्त्री देउवाको सो भ्रमण पाँचदिने तय भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलका अनुसार उच्चस्तरीय सम्मेलनमा यस पटक जलवायु परिवर्तन अनुकूूलनका लागि नेपालले अवलम्बन गरेका परम्परागत ज्ञान तथा आधुनिक प्रविधिको प्रयोगलगायतका कुराहरू समेटिनेछन् । बेलायतको पाँचदिने औपचारिक भ्रमणमा प्रधानमन्त्री देउवाले बेलायतस्थित विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको सम्मानमा अल पार्टी पार्लिमेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्ने कार्यक्रम रहेको छ । नेपाली जनसम्पर्क समिति बेलायतका पदाधिकारीका अनुसार, प्रधानमन्त्री देउवाले बेलायतस्थित नेपाली काँग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा सैनिक, गैरआवासीय नेपाली सङ्घका पदाधिकारीहरूसँग छुट्टै अन्तक्र्रिया तथा छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।

गोरखापत्रबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस