नेपाल इन्डोनेसियासँग २-० गोलले पराजित

एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ।

ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू- २३ टोली इण्डोनेसियाको यू- २३ टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो। इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए।

नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री