काठमाडौँ । अमेरिकी कम्पनि फाइजर-बायोएनटेकले बनाएको कोरोनाविरुद्धको बुस्टर डोज करिब ९६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । फाइजरले १६ बर्षभन्दा माथिको उमेर समुहका १० हजार जनामा करिब ११ महिना गरेको ट्रयालमा बुस्टर डोज ९५.६ प्रतिशत प्रभावकारी रहेको पाइएको जानकारी दिएको हो ।
फाइजरले बनाएको कोरोनाविरुद्धको खोपको दोस्रो डोज लिएपछि ८४ प्रतिशत प्रभावकारी हुने बताइएको थियो भने अब तेस्रो डोज अर्थात बुस्टर डोज लिएपछि ९५.६ प्रतिशत प्रभावकारी हुने भएको हो । फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बौर्लाले ट्रायलबाट बुस्टर डोज लिएमा संक्रमणबाट बच्न सकिने पत्ता लागेको जानकारी दिएका छन् । यस ट्रायलमा सहभागीको औसत उमेर ५३ बर्ष रहेको फाइजरले बताएको छ ।
अमेरिकाले बुस्टर डोज लगाउने अनुमति दिइसकेको छ । अमेरिकी फेडरल फूड एण्ड ड्रग्स एडमिनिस्ट्रेशनले सेप्टेम्बरमा नै बुस्टर डोज लगाउन अनुमति दिएको थियो । तर अमेरिकामा ६५ बर्षभन्दा बढीका जोखिममा रहेकाहरुलाई बुस्टर डोज दिन शुरु गरिएको छ ।
त्यस्ती युरोपमा १८ बर्षभन्दा बढी उमेर समुहलाई बुस्टर डोज दिन अनुमति दिइएको छ । त्यस्तै इजरायलमा भने १२ बर्षभन्दा बढी उमेरलाई बुस्टर डोज दिन अनुमति दिइएको छ ।
प्रतिकृया दिनुहॊस