‘बाबु कान्छा’का लागि चितवन पुगे सलोन

काठमाडौं । असार २९ गते प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाबु कान्छा’ का प्रचार प्रसार लागि   चितवन पुगेका छन्  सलोन  ।

चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा  फिल्मका शिर्ष कलाकार सलोन बस्नेत, नायिका करिश्मा श्रेष्ठ, सह निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रबी अधिकारीको उपस्थि रहेको थियो । सलोनले चलचित्र ‘बाबु कान्छा’ स-परिवार हेर्न मिल्ने चलचित्र भएको बताएका छन् ।

चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सन्तोषराज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा छन् । चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री