कुमारी बैंकले कार्त्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ। बैंकले आफ्नो २१औं वार्षिक साधारणसभा सो दिन बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा गर्न लागेकाे हाे।
उक्त सभामा जाने प्रयोजनका लागि संस्थाले कार्त्तिक ८ गते एक दिन बुक क्लोज गर्न लागेको छ। यससँगै कार्त्तिक ७ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउने छन्।
उक्त सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दैछ।
बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद(कर प्रयोजनसहित) गरी ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
तपाईंको प्रतिकृया



