कोरोना अपडेट: ६६२ जनामा संक्रमण पुष्टि, ७५८ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २२ पीसीआर परीक्षण गर्दा ५३५ जना र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा १२७ गरी ६६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३१८ पुगेको छ ।

कूल निको हुनेको संख्या ७ लाख ८४ हजार १५५ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ७ हजार ५२ र एन्टीजेनबाट ९३ हजार ५९६ पुगेको छ।

नेपालमा हाल ११ हजार ५७९ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप