नेप्से ६०.५६ अंकले बढ्याे, लगानीकर्तालाई राहत

साताको चौथो कारोबार दिन शेयर बजारमा भारी अंकले वृद्धि आएको छ। आज नेप्से ६० दशमलव ५६ अंकले बढेको हो।

आइतबार सामान्य अंकले बढेको शेयर बजारमा सोमबार र मंगलबार भने भारी अंकको गिरावट आएको थियो । आज भएकाे सुधारले लगानीकर्तालाई राहत मिलेकाे छ।

कारोबारको सुरुवाती समयबाट नै समालिएको शेयर बजार कारोबारको अन्तिममा आएर ६०.५६ अंकले बढ्दै २ हजार ५७१.६६ विन्दुमा पुगेको हो।

आज कारोबारमा आएका २१७ कम्पनीको ६१ लाख एक हजार ४१४ कित्ता शेयर ३४ हजार ६४४ पटक किनबेच हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँ २३ पैसा बराबरको कारोबार भएको छ।

यसमध्ये १७९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य घटेको छ। आज कारोबार भएको एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज नेप्सेका सबै समूहमा हरियाली छाएको छ। आज सर्वाधिक फाइनान्सका लगानीकर्ताले ५.८१ प्रतिशत र हाइड्रो पावरका लगानी कर्ताले ४.३१ प्रतिशतसम्म कमाएका छन्। आज कुनै पनि समूहले गुमाएका छैनन् ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटीभिटि परिसूचक १२.०९ अंकले बढेर ४८४.०५ विन्दुमा पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप