देशभर झरी, कस्ताे हाेला आजकाे मौसम?

नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव अझै कायम छ। जसका कारण केही दिन यता देशका विभिन्न स्थानमा वर्षा भएको छ भने बाढी पहिरोको समस्यासमेत देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्कादेखि मध्यम बर्षा भएको छ।

महाशाखाले बुधबार दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना औंल्याएको छ।

यस्तै प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। यसैगरी प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यसैगरी राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ।

प्रदेश १ र प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस