महाकाली नदीको टापुमा पाँच जना फसे, उद्धारमा कठिनाइ

काठमाडाैँ । महाकाली नदीको बिच टापुमा पाँच जना फसेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा ५ जना महाकाली नदीको टापुमा फसेका हुन् ।

कुखुरा पालन गरेर टापुमा बस्दै आएका उनीहरू नदीमा पानीकाे बहाव बढेपछि उतै थुनिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताए । उनीहरू पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएको उनले बताए ।

स्थानीयका अनुसार उनीहरूलाई सहजै उद्धार गर्न सकिने अवस्था पनि छैन । उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको डिएसपी न्यौपानेले बताए । ब्रह्मदेवदेखि झन्डै ५ किलोमिटर पर चुरे फेदमा रहेको मसेट्टी पुग्न आधा दर्जन खहरेहरू पार गर्नुपर्छ ।

महाकाली नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा रहेको छ । सोमबार बिहान महाकालीमा पानीको बहाव ४ लाख ६१ हजार क्युसेक मापन गरिएको छ जुन यो वर्षकै सबैभन्दा बढी हो ।

२०७० को बाढीमा महाकालीमा पानीको बहाव ५ लाख ३५ हजार क्युसेक मापन गरिएको थियो । त्यति बेला बाढीले ठूलो क्षति पुर्‍याएको थियो । नदीमा बहाव बढेपछि सोमबार साँझदेखि नै ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस